Aamsanchar

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

Author Image
सोमवार, भदौ २०, २०७३

खोटाङ ।

ms-320x190

खोटाङ जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् ।

स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् ।

गाउँ नजिकै रहेको विद्यालयमा अध्ययनअध्यापन भइरहँदा सोही गाउँका १८ वर्षीय सुजन राई र १७ वर्षीय तारा राई पनि ज्ञानबहादुरसँगै दूधकोसीमा माछा मार्न गड्तिरमा घुमिरहेका हुन्छन् ।

दिउँसो विद्यालयमा पढ्नुपर्ने समयमा उनीहरु नदीमा माछाको खेवा खोज्दै तियारी, भेले थापिरहेका हुन्छन् । साँझ परेपछि पासो उठाउँछन्, अल्झिएको माछा सङ्कलन गर्छन् । अनि आलै बिक्री गर्छन् । उनीहरु माछा मार्नकै लागि गाउँभन्दा एक घन्टा तल दूधकोसी किनारमा पर्ने ओडारमा हप्ता दिनसम्म बास नै बस्ने गरेका छन् ।

बतासेका अधिकांश विद्यालय उमेरका बालबालिका कापी, कलम, पोसाक किन्ने खर्च जुटाउने बहाना बनाएर नदीमा माछा मार्न जाने गरेका छन् । सुदूरउत्तरमा पर्ने जलेश्वरी सोलुखुम्बुसँग जोडिएको गाविस हो । पढे पनि रोजगारीको ग्यारेन्टी नभएकाले पढाइलाई बिट मारेको नदी किनारमा भेटिएका ताराले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर