Aamsanchar

ट्याङ्करको ठक्करबाट वृद्धको मृत्यु

Author Image
सोमवार, भदौ २०, २०७३

उर्लाबारी (मोरङ)।

images

मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

बिहान १०ः३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु बी११ए ८२८६ नंको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी स्कुटरमा सवार विराटनगर–४ बस्ने ६६ वर्षीय भोजराज कोइरालाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि न्युरो अस्पताल पु¥याउनेबित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्याङ्करलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर