Aamsanchar

वी एण्ड सीलाई मेडिकल कलेजको अनुमति दिन माग गर्दै मेचीबासीबाट प्रधानमन्त्रीलाई ज्ञापन

Author Image
मङ्गलवार, भदौ २१, २०७३

gyapan

बिर्तामोड।

मेची अञ्चलका नागरिकको तर्फबाट स्वास्थ्य, शिक्षा नागरिक सरोकार समाज मेचीले सोमवार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउादै मेची अञ्चलमा मापदण्ड पुगेको कम्तीमा एउटा मेडिकल कलेजलाई सञ्चालनको अनुमति दिन माग गरेको छ ।
समाजका अध्यक्ष प्रकाश शिवाकोटीसहितको टोलीले झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री समक्ष बुझाएको ज्ञापनमा बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले सरकारले तोकेको मापदण्ड पूरा गरेको हुादा सञ्चालनको अनुमति दिन माग गरेको हो । स्वास्थ्य मन्त्रालयबाट तीन सय शैय्याका अस्पताल सञ्चालनको स्वीकृति लिई सञ्चालनमा रहेको उक्त अस्पतालमा उच्च प्रविधि र दक्ष तथा अनुभवी डाक्टरद्वारा सेवा प्रदान गरिरहेको उल्लेख गर्दै वी एण्ड सीलाई विश्व विद्यालयबाट सम्बन्धन दिई सञ्चालनको इजाजत दिन ज्ञापन–पत्रमार्फत भनिएको छ– ‘मेची अञ्चलवासीको स्वस्थ हुन पाउने र दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा सहयोग पुर्‍याइदिनुहुन जोडदार माग गर्दछौं ।’ अध्यक्ष शिवाकोटीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ– ‘अञ्चलवासीको स्वास्थ्य शिक्षाको चाहना र प्राप्त गर्ने अधिकारका लागि प्रस्तुत भएका छौं, माग पूरा हुन्छ भन्ने विश्वास छ ।’ ज्ञापन पत्रमा आफ्नो मागलाई वेवास्ता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । वी एण्ड सीले सरकारले दिएको मनसाय पत्रमा तोकेको र सम्पूर्ण मापदण्डहरु– अस्पताल तथा शिक्षण संस्था स्थापना भएको स्थानको माटोको गुणस्तर परीक्षण गरेको, वातावरण मूल्यांकन परीक्षण गरिएको, सहरी विकास मन्त्रालय भवन निर्माण विभागबाट अस्पताल तथा शिक्षण संस्थाका भवन एवम् संरचनाहरु राष्ट्रिय भवन संहिता अनुसार भएको भनी प्रमाणित भएको जनाइएको छ ।

bnc
नेपाल सरकार स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० (पहिलो संशोधन २०७१) मा उल्लेख भए अनुसारका मापदण्डहरु वी एण्ड सीले पूरा गरेको जनाइएको छ । स्वस्थ जनशक्तिको उत्पादन, रोजगारको सृजना र बर्षेनि उपचारको नाममा अर्बौ रुपैयाा विदेशिने क्रम रोकिनुपर्ने र दक्ष जनशक्ति स्थानीय स्तरबाट उत्पादन गर्न सकियोस् भनेर समाजले यस्तो माग अघि सारेको स्पष्ट पारिएको छ । स्वास्थ्य विज्ञान अध्ययनका लागि बर्षेनि सयौं नेपाली विदेशिने गरेको स्मरण गराउादै आवश्यक प्रक्रिया पूरा गरी मेची अञ्चलमा एउटा मेडिकल कलेजलाई स्वीकृति दिन समाजले आग्रह गरेको छ ।
प्रा.डा. गोविन्द केसीका मागप्रति केही हदसम्म समर्थन रहेको जनाउादै समाजले भनेको छ– ‘केसीको आन्दोलनले सरकारको विकेन्द्रीकरणको योजना र उद्देश्यलाई प्रभाव पार्ने र त्यसले सृजना गरेको अन्यौलले नेपाली जनतालाई समेत निराश पार्नेप्रति हामी सशंकित छौं ।’
काठमाडौं केन्द्रित सबैखाले शक्ति विकेन्द्रीकरण गर्ने उद्देश्यमा कुनै पनि बाधा व्यवधान कतैबाट उत्पन्न नगर्न समाजले आग्रह गरेको छ । वर्तमान स्वास्थ्य शिक्षा अध्ययन–अध्यापन तथा मेडिकल कलेजमा देखिएको अन्यौल र सञ्चालनको निम्ति दिइने मान्यताका विषयमा सरकारले गरेको ढिलाइप्रति समाजले आपत्ति समेत प्रकट गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर