फिदिम- नेपाली चलचित्र ‘ऊनको स्विटर’ को छायाङ्कनको काम सकिएको छ । छायाङ्कनको काम अन्तिम चरणमा पुगेको निर्देशक फुङ्सो जवेगूले बताउनुभयो ।
उक्त चलचित्र ‘ऊनको स्विटर’ को छायाङ्कनका पाँचथरको फिदिम, फालेलुङ र फाल्गुननन्दका विभिन्न स्थानमा गरिएको उहाँको भनाइ छ ।
‘‘सुटिङ युनिट केही दिन अघिसम्म फिदिमै हुनुहुन्थ्यो । तर तिहार सुरु भएसँगै काम सकेर उहाँहरू फर्किनुभयो । अब सम्पादनको काम सुरु हुन्छ ।,’’ उहाँले भन्नुभयो ।
उक्त चलचित्र छायाङ्कनका लागि विपिन कार्की र अभिनेत्री मिरुना मगरसहित ४२ जनाको टोली दसैँ सकिएलगत्तै पाँचथर आइपुगेका थिए ।
चलचित्रमा स्थानीय संस्कार, संस्कृति, भेषभुषा, लवज, खानपान र रहनसहनसँगै माया प्रेमको कथा समेटिएको निर्माता आर्टमाण्डु नेपालले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 53