Aamsanchar

अमृतलाई बगायो विरीङ खोलाले

Author Image
मङ्गलवार, भदौ २१, २०७३

बिर्तामोड ।
विरीङ खोलाले बगाएर सोमवार झापामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खुदुनावारी–१ निवासी अमृतवहादुर मग्राती रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । वुधवारे जयपुर हटिया भरेर फर्कने क्रममा उनलाई विरीङ खोलाले बगाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । मग्रातीको शव सोमवारै मेची अञ्चल अस्पतालमा भद्रपुरमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर