Aamsanchar

तातोपानी सुकेपछि …

Author Image
मङ्गलवार, भदौ २१, २०७३

रसुवाः

tatopani-rasuwa.-4-1024x683-1024x683

चिलिमे गाविसको मध्यभागमा रहेको प्राकृतिक तातोपानी सुकेपछि बर्सेनि लाग्ने मेला बन्द भएको छ ।

तातोपानी क्षेत्रमा लामो समयदेखि होटल व्यवसाय गरी बसेका हर्क घलेका अनुसार २०७२ साल वैशाख १२ गतेको भूकम्पसँगै हराएको तातोपानी सात दिनपछि औँला जत्रो निस्किए पनि अहिले बन्द भएको छ । तातोपानी नुहाउनका लागि प्रत्येक वर्ष चैत र कात्तिकमा मेला लाग्ने गरेको बताइएको छ ।

तातोपानी नुहाएपछि बाथ, चर्मरोग, पिनास, गानुगोला समेतका रोग निको हुने विश्वास रहिआएको थियो । यस्ता बिरामी सात दिनसम्म बसी नियमित नुहाउने गरेको अनुभव रसुवा यार्सा गाविस आरुखर्कका समाजसेवी बहादुर लोप्चनले बताए ।

नुहाउने मानिसको आगमनले त्यस क्षेत्रको आयमा कमी आएपनि तामाङ सम्पदा मार्ग भएका कारण हिमाली प्राकृतिक छटाको अवलोकन गर्न विदेशी पर्यटकको आगमन भने नियमित भइरहेको होटल व्यवसाय गर्ने घलेको भनाइ छ ।

तातोपानी कता दबेको भन्ने अध्ययन गरी यथास्थानमा ल्याउने कार्यमा सहयोग पुर्‍याइदिन विशेषज्ञसमक्ष स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर