Aamsanchar

३०० बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र विफल

Author Image
मङ्गलवार, भदौ २१, २०७३

hjagga

कैलाली ।

स्थानीय फूलबारीमा सुकुम्बासीको ३०० बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र विफल भएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सुकुम्बासीलाई दिइएको जग्गा हडप्न खोज्नेहरुको कार्य रोक्दै उनीहरुलाई जग्गा दिन र मुद्दालाई आगामी दिनमा उठान नगर्न सहमति भएको छ ।

विसं १९९३ मा राजा त्रिभुवनले दिएको लालमोहरको कागज पेस गर्दै फूलबारीका ४५० परिवारको उठिबास बनाउने चलखेल हुँदै आएको थियो । तत्कालीन समयमा दरबारका पुरोहित जनकराज पाण्डेका नाति प्रद्युम्ननारायणले विभिन्न व्यक्तिलाई परिचालन गरी जग्गा कब्जा गर्ने चलखेल गरिरहेको थाहा पाएपछि स्थानीयवासी न्यायका लागि विभिन्न निकायमा धाएका थिए ।

छलफलमा आफूहरुलाई विभिन्न प्रलोभन तथा धाकधम्की दिएर हस्ताक्षर गर्न लगाएको स्थानीयवासी महिला अशोकीदेवी चौधरीले बताउनुभयो । यो मुद्दालाई अब तामेलीमा राखेर निर्णय गर्दै कारबाही हुन नसक्ने गरी कागज बनाइदिने मालपोत अधिकृत बिसनसिंह थापाले बताउनुभयो ।

स्थानीय बासिन्दा र सरोकार भएकाहरुको छलफलपछि अब जग्गाका विषयमा कुनै प्रक्रिया अगाडि नबढाउन र त्यो जग्गा हाल पुर्जा भएकाहरुकै हुने निर्णय भएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर