Aamsanchar

नानीहरुका वावु आमाका लागि न्यूटन्समा तालिम

Author Image
बुधवार, भदौ २२, २०७३

newtonsss

बिर्तामोड ।
झापाको बिर्तामोडस्थित न्यूटन्स् एजुकेशन एकाडेमीको आयोजनामा सोमबारबाट विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षकहरुका लागि पााच दिने विशेष तालिम शुरु भएको छ ।
विलियन्ट बुक्स एण्ड ड्रिस्टीब्युटर्स प्रालिको सहकार्यमा अभिभावकहरुका लागि असल अभिभावक तालिम, विद्यार्थीहरुका लागि भिजन एण्ड मोटिभेसन ट्रेनिङ र शिक्षकहरुका लागि तालिम शुरु भएको विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईले जानकारी दिए ।
पिस एजुकेशन प्रालि काठमाडांैका सञ्चालक तथा ट्ेरनर ईश्वर श्रेष्ठ, मोटीभेटर ट्रेनर अशोककुमार दाहालले तालिमको सहजीकरण गरिरहेको बताइएको छ ।
विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्म अध्ययनरत् विद्यार्थीहरुलाई प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म र विद्यालयका अभिभावकहरुलाई प्रत्येक दिन १:३० बजेदेखि ४ बजेसम्म उक्त तालिम प्रदान गरिरहेको बताइएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा शनिअर्जुन नगरपालिकाका कार्यकारी अधिकृत रुद्रप्रसाद न्यौपानेको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा दैनिक १ सय ५० जना अभिभावकहरुको सहभागिता भइरहेको विद्यालयका ओभरअल इञ्चार्ज देवेन्द्र हुमागााईले जानकारी दिए । दैनिक विभिन्न कक्षाका विद्यार्थीका अभिभावक तालिममा सहभागी हुदै आएका छन् । नानीहरुका अभिभावकहरु वावु वा आमाका लागि ‘हाम्रा नानीहरु र उनीहरुको चौतर्फी विकास’ बारे आयोजना गरिएको तालिम फलदायी भएको सहभागीको प्रितक्रिया छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर