Aamsanchar

मोटरसाइकल चोर्ने नाइकेसहित ९ जना पक्राउ, १४ मोटरसाइकल बरामद

Author Image
बुधवार, भदौ २२, २०७३
चोरसहित बरामद मोटरसाइकल

चोरसहित बरामद मोटरसाइकल

बिर्तामोड ।
१४ वटा चोरिएका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहलाई प्रहरीले झापाका विभिन्न स्थानबाट मंगलवार पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये ५ जना नाइके सहित ९ जना रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ परेका कसैको पनि प्रहरीले नाम खुलाएको छैन । उनीहरुलाई वुधवार विहान पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले जानकारी दिए ।
४५ दिन भित्रमा बिर्तामोड लगायत सहरी क्षत्रबाट ११ वटा मोटरसाइकल चोरी भएका थिए । यसअघि पनि मोटरसाइकल चोरी हुादै आएको थियो । मोटरसाइकल चोरी हुने क्रम बढेपछि प्रहरी निरीक्षक मधु थापाको नेतृत्वमा प्रहरीले अनुसन्धानका लागि छुट्टै समिति बनाई खोजी कार्य अघि बढाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर