Aamsanchar

निजामती सेवा दिवसमा वृक्षारोपण

Author Image
बुधवार, भदौ २२, २०७३

भोजपुर।

tree

पूर्वी पहाडी जिल्ला भोजपुरमा निजामती सेवा दिवसका अवसरमा वृक्षारोपण गरिएको छ ।

दिवसको मूल समारोह समितिको आयोजनामा मङ्गलबार सिँचाइ डिभिजन कार्यालय भोजपुरको परिसरमा विभिन्न जातका करिब ५०० बिरुवा वृक्षारोपण गरिएको आयोजकले जनाएका छन् ।

जिल्लाका अधिकांश कार्यालयका प्रमुख, नागरिक समाज, पत्रकार लगायतले स्याउ, नास्पाती, सुन्तला, तेजपात, धुपी गरी ६० भन्दा बढी जातका बिरुवा वृक्षारोपण गरिएको मूल समारोह समितिका सदस्य खड्ग पौडेलले जानकारी दिनुभयो । बिरुवा जिल्ला भू–संरक्षण कार्यालय र रणबम गणले उपलब्ध गराएको हो ।

यसैबीच, निजामती सेवा दिवसकै अवसरमा मङ्गलबार सदरमुकामस्थित टुँडिखेलमा मैत्रीपूर्ण फुटबल तथा म्युजिकल चियर प्रतियोगिता भएको थियो । मैत्रीपूर्ण फुटबलमा प्रजिअ–११ ले ट्रेड युनियन–११ लाई ३ —१ गोल अन्तरले पराजित गरेको हो ।

म्युजिकल चियर प्रतियोगितातर्फ प्रथम शुभराम बस्नेत, द्वितीय अर्जुनकुमार शर्मा र तृतीय गोपाल धिमाल भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर