Aamsanchar

१६ वर्षदेखि मौनव्रतमा एक साधु

Author Image
बुधवार, भदौ २२, २०७३

download (2)

बेनी (म्याग्दी)।

यहाँ एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आउनुभएको छ ।

जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै विसं २०५७ सालदेखि मौनव्रत बस्दै आउनुभएको हो । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको दैनिकीमा लेखेर उहाँले जानकारी दिनुभयो ।

विश्व कल्याणको कामनासहित फलाहार बसेर दैनिक ‘श्रीमद्भागवत’, ‘गीता’, ‘महाभारत’लगायत धार्मिक ग्रन्थको पाठपारायण गर्दै आउनुभएका बेनीको मङ्गलाघाटमा भेटिनुभएका रामानन्दले लेखेर राससलाई जानकारी दिनुभयो । “विश्वमै शान्ति कायम नहुन्जेल म अन्न पनि सेवन गर्दिन, मौनव्रत पनि छाड्दिन”, उहाँले दैनिकीमा लेख्नुभयो ।

पन्ध्र वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत स्थानबाट मानिसहरु आफूलाई दैनिकजसो भेट्न आउने गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर