Aamsanchar

बिर्तामोडमा सर्पले डसेर बालिकाको मृत्यु

Author Image
बुधवार, भदौ २२, २०७३

balika

बिर्तामोड ।
सर्प दंशका कारण झापामा एक वालिकाको ज्यान गएको छ ।
इन्सेक झापाका अर्जुन वस्नेतले दिएको जानकारी अनुसार बिर्तामोड नगरपालिका–१ निवासी विष्णु परियारकी ५ वर्षीया छोरी मुना परियारको ज्यान गएको हो ।
वालिकालाई मंगलवार राति विषालु सर्पले डसेको बताइएको छ । सर्पको डसाइबाट विरामी बनेकी उनलाई राति नै उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको वस्नेतले बताउनुभयो । वालिका बिर्तामोडस्थित वुद्धस्मृति वोर्डिङ स्कूलमा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर