Aamsanchar

छोरा बितेको महिना नपुग्दै आमाले गरिन् आत्महत्या

Author Image
बिहिवार, भदौ २३, २०७३

चितवन।

women-suside-af11

छोराको मृत्यु भएको महिना नबित्दै दक्षिण चितवनको माडीमा एक महिलाले आत्महत्या गरेकी छिन् ।

माडी नगरपालिका–७ कीर्तनपुरकी २३ वर्षीया सङ्गीता रानाभाटले बुधबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सुमित रानाभाटकी श्रीमती सङ्गीताले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

एक महिनाअघि उनका छोरा सोनिस रानाभाटको रोगका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ६ वर्षको पहिलो सन्तान सोनिसको मृत्युपछि उनी दुःखित हुँदै आएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सोही चिन्ताले घटना भएको आशङ्का गरिए पनि यकिन कारण भने खुलेको छैन ।

उनको शवलाई शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर