Aamsanchar

मंगलबार सार्वजनिक बिदा

Author Image
आइतवार, भदौ २६, २०७३

काठमाडौंः

bakar_Id_860703887

सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अबसरमा मंगलबार सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अवसरमा पर्सि भदौ २८ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।

बकर इदका दिन नजिकका मस्जिदहरुमा जम्मा भई मुस्लिम समुदायहरुले विशेष नमाज पढ्ने गर्दछन्। मुस्लिम समुदायले बकर इद तीन दिनसम्म मनाउँछन्।

मुस्लिमहरुले घरमा खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने गर्दछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर