Aamsanchar

अख्तियारद्वारा आरोपपत्र दायर

Author Image
आइतवार, भदौ २६, २०७३

काठमाडौँ।

CIAA-Nepal-57d4b6d81f1da1.22652876

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा पिताम्बर सुवेदी, शाखा अधिकृत माधवप्रसाद ज्ञवाली, लेखा अधिकृत पदमबहादुर जिसी र लेखापाल मनिराम बर्माले आव २०७०÷७१ मा अञ्चल अस्पतालको आमा सुरक्षा कार्यक्रम तथा सामाजिक सेवा ईकाइलगायत विभिन्न कार्यक्रमको बजेट दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ बमोजिम कसुर गरेको पुष्टी हुन आएकाले उक्त कार्यमा संलग्न चारै जना उपर कसुरको मात्रा अनुसार जरिवाना र कैद सजायको माग गर्दै आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर