Aamsanchar

परीक्षाफल प्रकाशित

Author Image
आइतवार, भदौ २६, २०७३

tu

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय [सोधपत्र बाहेक] को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ ९खरीपाटी० स्नातक तह तीन वर्षे बीए दोस्रो वर्षको परीक्षाको परीक्षाफल आइतबार प्रकाशित गरिएको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानून संकायतर्फ २०७२ साल साउनमा भर्ना भएका एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । उक्त परीक्षाहरुको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर