Aamsanchar

चक्कु प्रहारबाट युवक गम्भीर, तीनजना पक्राउ

Author Image
सोमवार, भदौ २७, २०७३

6ura

बैतडी ।

चक्कु प्रहारबाट दार्चुलामा आज एक युुवक गम्भीर घाइते भएका छन् । चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर चक्कु प्रहरबाट घाइते भएका हुन् । घाइते कँुवरको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको छ ।

अपी नगरपालिका–५ छापरीको कोटमा डेउडा खेलिरहेका बेला आज बिहान ३ बजेतिर दुई समूहबीच झडप भएको बताइएको छ ।

पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाउँकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर