Aamsanchar

चोरीका १७ मोटरसाइकल बरामद

Author Image
सोमवार, भदौ २७, २०७३

कञ्चनपुर ।

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट प्रहरीले चोरीका नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका १७ वटा मोटरसाइकल बरामद गरेको छ ।

नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय झलारीले चोरीका अवैध मोटरसाइकल बरामद गरेको हो ।

बरामद मोटरसाइकलमध्ये ११ वटालाई भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक सुदाम रावलले बताउनुभयो ।

“भदौ महिनामा बरामद गरिएका बाँकी छवटा चोरीका मोटरसाइकल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाएका छौँ” – प्रहरी निरीक्षक रावलले भन्नुभयो ।

अवैधरुपमा नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका चोरीका मोटरसाइकल अवैध सामान ओसारपसार र आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएपछि नगरपालिकाका विभिन्न क्षेत्रबाट प्रहरी परिचालन गरी बरामद गरिएको उहाँले बताउनुभयो ।

यसैक्रममा, नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय, झलारीले पाँचजना फरार अभियुक्तलाई पक्राउ गरी जिप्रका, कञ्चनपुरमा बुझाइएको, चोरी निकासी हुँदै आएको रु एक लाख २७ हजार बराबरको सामान बरामद गरी भन्सारमा बुझाइएको र रु ८० हजार मूल्यको अवैध मदिरा बरामद गरी राजस्व कार्यालय महेन्द्रनगरमा बुझाएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर