Aamsanchar

रोट्रयाक्टको अगुवाई विद्यार्थीलाई प्राथमिक उपचार तालिम

Author Image
सोमवार, भदौ २७, २०७३

rotryaakबिर्तामोड ।
रोट्रयाक्ट क्लब अफ बिर्तामोडको आयोजनामा सोमवार प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।
रोट्रयाक्ट क्लबका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बालकल्याण उच्च माविका स्काउट तथा अन्य गरी ८० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका कृष्णकुमार मैनाली र केदार महतले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्लाा ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले समारोहको उद्घाटन गरेका थिए । सो अवसरमा प्रहरी निरीक्षक जनार्दन घिमिरे, रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी लगायतको आतिथ्य थियो । सुजन सापकोटा कार्यक्रम संयोजक रहेका थिए । सो कार्यक्रमको सञ्चालन महेश खड्काले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर