Aamsanchar

बसको ठक्करबाट बृद्धाको मृत्यु

Author Image
सोमवार, भदौ २७, २०७३

इटहरी ।

1427001970_accident

बसको ठक्करवाट आज अपराह्न एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा फलाटे– ३ की ६९ वर्षीया सनमाया थापा रहेको प्रहरीले जनाएको छ । धनकुटाबाट इटहरीतर्फ आउँदै गरेका बसमा चढेर आएकी उनी इटहरी–२४ स्थित तरहरामा झर्ने क्रममा सोही बसले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो ।

धनकुटाबाट धरानसम्मको यात्रु लिएर आएको को१ख ३८४१ नंको बसले त्यहाँ यात्रु झारेर इटहरीको बालग्रामतर्फ आउने क्रममा ती बृद्धालाई तरहरासम्म लिएर आएको र त्यहाँ झरिसकेपछि उहाँलाई सोही बसले ठक्कर दिएको थियो ।

घटनापछि चालक ३९ वर्षीय कुलबहादुर गुरुङसहित बसलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको बताइएको छ । शव पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले बताएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर