Aamsanchar

चक्कु प्रहारबाट युवकको मृत्यु, तीनजना पक्राउ

Author Image
मङ्गलवार, भदौ २८, २०७३

6ura

बैतडी  ।

चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर रहेका छन् । चक्कु प्रहारबाट घाइते कुँवरको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसक्दा भारत रिफर गरिएको थियो । कुँवरको थप उपचारका लागि भारत लैजाँदै गर्दा गएराति बाटोमै ज्यान गएको बताइएको छ ।

यसअघि घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको थियो । अपी नगरपालिका–५ छापरीको कोटमा देउडा खेलिरहेका बेला सोमबार दुई समूहबीच झडप भएको बताइएको छ । चक्कु प्रहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाँउकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।

पक्राउ परेका तीनैजनाविरुद्घ कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर