Aamsanchar

१७१३५ अस्थायी शिक्षकको विरोध प्रदर्शन

Author Image
मङ्गलवार, भदौ २८, २०७३

काठमाडौँ ।

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले विभिन्न माग राख्दै आज विरोध प्रदर्शन गरेका छन् ।

समितिले माइतीघर मण्डलामा एक घन्टा विरोध प्रदर्शन गरेको हो ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितमा सहभागी गराउनुपर्ने, स्थायी हुन नसकेका शिक्षकलाई औषधोपचार र उपदान सुविधा दिनुपर्ने, प्रतियोगिताबाट स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधि स्थायी सेवामा गणना गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन उत्रिएको समितिका अध्यक्ष नीरेन्द्र कुँवरले जानकारी गराउनुभयो ।

उहाँले अस्थायी शिक्षकले समेत स्थायी शिक्षकसरह सेवा गरेकाले आफूहरुले राखेका माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्ना मागबारे सरकारले बेवास्ता गरे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिनुभयो ।

समितिमा २०४० सालयता करिब १७ हजार १३५ शिक्षक आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर