Aamsanchar

अनारमनी प्राविलाई नमूना बनाउन अभिभावकको ९ बुदे प्रतिबद्धता

Author Image
बुधवार, भदौ २९, २०७३

tttबिर्तामोड ।
बिर्तामोड–७स्थित अनारमनी प्राथमिक विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउन त्यहाँका आमा समूहसहितका अभिभावकले ९ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
विद्यालयमा आयोजित आमा भेला तथा आम अभिभावक भेलामा विद्यालयको शैक्षिक स्तरबृद्धि, बालमैत्री वातावरण निर्माणका साथै विद्यालयलाई नमूना बनाउन त्यस्तो प्रतिबद्धता व्यक्त भएको प्रधानाध्यापक टंक कटुवालले जानकारी दिए । घोषित प्रतिबद्धता अनुसार विद्यालयलाई बालमैत्री बनाउने, अभिभावकले दैनिक आफ्ना छोराछोरीलाई विद्यालय पठाउने, विद्यालय प्रगति उन्नतिका लागि सँधै सहयोग गर्ने, आफ्ना बालबालिकालाई सँधै सफा सुग्घर बनाई विद्यालय पठाउने रहेका छन् ।

tt


त्यस्तै विद्यालयमा २÷२ महिनामा आमा अभिभावकको भेला गर्ने, विद्यालयको प्रगतिमा सबै अभिभावकले सहयोग पु¥याउने, सबै विद्यार्थीका आमाबुबाले घरमा विद्यालयमा दिइएको ‘होमवर्क’ गर्नलाई सहयोग र प्रेरित गर्ने समेत प्रतिबद्धता अभिभावकले व्यक्त गरेका छन् । विद्यालयमा समय–समयमा आयोजित पठन–पाठनलाई निगरानी गरी विद्यालयलाई निर्देशन दिने, विद्यालय हाताभित्र कुनै पनि पशु चौपाया नछोड्ने लगायतका सहमति एवम् प्रतिबद्धता समेत सो अवसरमा अभिभावकले व्यक्त गरेका छन् ।
उक्त प्रतिबद्धतामा ५५ बढी अभिभावकले हस्ताक्षर गरेका छन् । भेलामा प्रधानाध्यापक कटुवालले सबै अभिभावकलाई आग्रह गर्दै भने– ‘तपाईंहरुका नानीहरुलाई दैनिक विद्यालय पठाउनुहोला, हामी विद्यालयको तर्फबाट सबैलाई आगामी असोज १३ गते पोशाक टाई, बेल्ट र व्याग प्रदान गर्नेछौं ।’ गरीब तथा पछाडि पारिएका सामुदायका बालबालिका अध्ययनरत् सो विद्यालयमा विद्यालय छोड्ने क्रम बढेपछि कटुवालले प्रधानाध्यापकमा जिम्मेवारी सम्हालेदेखि विभिन्न योजना ल्याएर विद्यार्थीलाई आकर्षित गर्न थालिएको छ । प्रधानाध्यापक कटुवालले सो अवसरमा विद्यालय पुग्ने बाटो, विजुलीको चाँडै व्यवस्थापन गरिने र विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र सहयोगी कार्यकर्तालाई समेत विद्यालयको तर्फबाट पोशाकको व्यवस्था गर्ने घोषणा गरेका छन् । विद्यालय पुग्न खेतको आलीबाट जानुपर्ने बाध्यता थियो अहिले सामान्य बाटोको रेखांकनसम्म गरिएको छ ।
भेलामा अधिकांश आमा अभिभावकको सहभागिता थियो । दैनिक आमाहरुलाई विद्यालयमा आई आफ्ना नानीहरुको बारेमा र विद्यालयको पठनपाठनको बारेमा जानकारी दिन र सुझाव दिन विद्यालयले आग्रह गरेको छ । विद्यालय, शिक्षक र अभिभावकको प्रयासबाट मात्र विद्यालय र विद्यार्थीले प्रगति गर्ने ठहर गरी यस्तो कार्य गरिएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सरीमाया विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कटुवालले विद्यालयको विगत, वर्तमान र भविष्यको योजना सुनाएका थिए । शिक्षक शान्तादेवी मिश्र र तुलसा ओझाले विद्यालयमा आमा आउनुको महत्वबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर