Aamsanchar

युवा सञ्चार अभियानद्धारा फलफुल वितरण

Author Image
बुधवार, भदौ २९, २०७३

झापा,

14341478_1053495118091568_310784938_n

सञ्चारको क्षेत्रबाट बालबालिको अधिकारको विषयमा लगातार आवाज उठाउने गरेको बालबालिकाको हितका लागी युवा सञ्चार अभियान झापाले आज राष्ट्रिबाल दिवसको अवसरमा विर्तामोड स्थित तारा नमस्ते बाल आश्रममा रहेका ११ जना बालबालिकालाई फलफुल तथा विभिन्न खाद्यन्न सामग्री वितरण गरेको छ ।

झापालाई बालश्रम मृक्त जिल्ला बनाउनका साथै बालमैत्री जिल्ला बनाउने उद्धेश्यले गठन भएको युवा सञ्चारकर्मीहरुको संस्थाले  बालबालिकासंग अन्र्तक्रिया समेत गरेको थियो । २०६८ सालमा विर्तामोडका उज्जव पोख्रेलले स्थापना गरेको बाल आश्रममा चन्द्र खतिवडा कोइराला र यसोदा चापागाईले अनाथ बालबालिकाहरुको हे।चाहार गरिरहेका छन् ।

स्वीजरल्याण्डमा रहेका पोख्रेललले अनाथ बालबालिकाहरुको पालन पोषण गरिरहेको आश्रममा रहेकी कोइरालाले जानकारी दिइन् । झापा सहित इलाम, पाँचथर,ताप्लेजुङ लगायतका अनाथ बालबालिकाहरु उक्त बाल आश्रममा रहेका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडले फेला पारेका बालबालिकालाई बाल आश्रममले संरक्षण गरिरहेको छ । युवा सञ्चार अभियानका अध्यक्ष नरेन्द्र ढकालले फलफुल तथा खाद्य सामग्री बाल आश्रमकी कोइरालालाई हस्तान्तरण गरेका थिए ।

फलफुल वितरण कार्यक्रममा रुपेश अधिकारी, खगेन्द्र घिमिरे, नविन पौडेल, दिपेन लावती, प्रकाश उप्रेती लगायतका अभियानमा संलग्न पदाधिकारीहरुको सहभागिता रहेको थियो । सञ्चारको क्षेत्रको ब्यस्त समयका बिच पनि बालबालिकाको हितका लागी केहि गर्न सकिन्छ भन्ने उद्धेश्यले उक्त संस्थाको स्थापना गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर