Aamsanchar

पुलबाट खसेर बालकको मृत्य

Author Image
बुधवार, भदौ २९, २०७३

राजविराज।

images

सप्तरीको कन्चनपुर नगरपालिका– २ स्थित बरमझियाको पुलबाट खसेर आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका बौना सरदारको डेढ वर्षीय छोरा करण सरदार रहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

घर नजिकै रहेको उक्त पुलमाथि खेल्ने क्रममा खसेर उनको मृत्यु भएकोे प्रहरीले जनाएको छ । अहिले करणको शव स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर