Aamsanchar

द राईजिङ्ग युथ नेपालद्धारा शैक्षिक सामग्री वितरण

Author Image
बिहिवार, भदौ ३०, २०७३

बिर्तामोड ।

14355987_1191187294272023_301297367_n

समाजिक सञ्जालबाट एक भएका द राईजिङ्ग युथ नेपालले राष्ट्रिय बालदिवसको अवसरमा झापाको शनिअर्जुन–५ मा रहेको लक्ष्मी बालविकास केन्द्रका बाल बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

ग्रामिण सेवा समुदाय क्लबबाट सञ्चालित बाल क्लबलाई सञ्जालका युवाहरुले सहयोग गरेका हुन् । २५ जना बलबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । सनराईज इन्स्टीच्युटका सञ्चालक राम भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लालबहादुर श्रेष्ठको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख पुष्प बास्कोटा, साजन बाइवा, पुजा सुवेदी, चुडामणी भट्टराई, राम भट्टराई लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन मिराज अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर