Aamsanchar

बसको ठक्करबाट गोपालको मृत्यु

Author Image
शनिवार, असोज १, २०७३

mritu

बिर्तामोड ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–५डुँडामारीमा रात्री बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७५३४ नम्बरको रात्री बसको ठक्करबाट सोही ठाँउका ५५ वर्षीय गोपाल दर्जीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले बताए । तीब्र गतिमा रहेको बसले शुक्रवार साँझ ६ बजे पैदलयात्री दर्जीले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका दर्जीको विर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी प्रमुख गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर