Aamsanchar

असइले चढेको बाइकको दोष जिल्ला प्रहरीले लिनुपर्ने

Author Image
शनिवार, असोज १, २०७३

 

बिर्तामोड ।
प्रहरी चौकी गोलधापका असई हेमप्रसाद लामिछानेले चढ्ने गरेको मोटरसाइकलका विषयमा जिल्ला प्रहरी कार्यालय झापाले त्यसको सम्पूर्ण दोष लिनुपर्ने गोलधापका राजनीतिक दलका अगुवाले माग गरेका छन् ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले गोलधापका अध्यक्ष त्रिलोचन सापकोटा, गाविस पूर्व अध्यक्ष त्रिलोकचन्द मैनाली, संघीय समाजवादी फोरमका धु्रव श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष शिव कटुवाल लगायतले यस्तो माग गरेका हुन् । शुक्रवार प्रहरी चौकी गोलधापले प्रयोग गर्दै आएको मे५प १५३५ नम्बरको मोटरसाइकल चोरीको भएको समाचार पूर्वाञ्चल दैनिकले प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन भए लगत्तै उक्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी चौकी गोलधापलाई दिएको उल्लेख गर्दै त्यसको दोष पूर्व चौकी इञ्चार्ज असई घुमराज राई र जिल्ला प्रहरी कार्यालयले नै लिनुपर्ने माग गरेका छन् । असई लामिछानेले हालसम्म प्रहरी चौकीमा नियम संगत कार्यहरु गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर