Aamsanchar

रेडियो नेपालका समाचार निर्देशकलाई पितृशोक

Author Image
आइतवार, असोज २, २०७३
 स्व. इन्द्रप्रसाद न्यौपाने खत्री

स्व. इन्द्रप्रसाद न्यौपाने खत्री

धाइजन ।
रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्री न्यौपानेलाई पितृशोक परेको छ ।
खत्रीका पिता इन्द्रप्रसाद न्यौपाने खत्रीको ८७ बर्षको उमेरमा भदौ ३१ गते राति ८ बजे झापाको धाइजन–३स्थित आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेसका सक्रिय सदस्य रहेका स्वर्गीय इन्द्रप्रसाद तीन सातादेखि दम र फोक्सोको संक्रमणका कारण अस्वस्थ भई विराटनगरस्थित नोबेल हस्पिटलमा उपचाररत् थिए ।
हस्पिटलबाट ल्याएकै राति उनको निधन भएको बताइएको छ ।

कांग्रेसको भातृ संगठन किसान संघमा समेत आवद्ध रहेका स्व. इन्द्रप्रसाद समाजसेवीका रुपमा समेत परिचित थिए । उनको शनिवार शव यात्रासहित कनकाई माईमा अन्त्येष्टी गरिएको छ । त्यसअघि नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलले स्व. इन्द्रप्रसादको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

श्रद्धाञ्जलि व्यक्त गर्न कांग्रेस १ नम्बर क्षेत्रका सभापति मणि उप्रेती, धाइजन सभापति लक्ष्मीप्रसाद प्रसाईं तथा तिलकप्रसाद गिरी, विमल आचार्य लगायत कांग्रेस नेता कार्यकर्ता तथा स्थानीयवासी र शुभचिन्तकको उल्लेख्य उपस्थिति रहेको थियो । स्वर्गीय इन्द्रप्रसादका ५ छोरा र दुई छोरी छन् ।

जेठा छोरा नारायण नेपाली कांग्रेस धाइजनको लगातार तीन कार्यकाल सभापति थिए । माइला कमल पार्टीको धाइजन गाउँ समितिका उपसचिव हुन् । साइला तिलविक्रम ट्राभल एजेन्सीका पूर्व व्यवसायी हुन् । काइँला खगेन्द्र रेडियो नेपालको समाचार निर्देशकका साथै नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समितिको शिक्षा विभाग प्रमुख समेत हुन् । कान्छा छोरा दुर्गा भारतको गोवा कार्यरत छन् । छोरीज्वाइहरुमा सीता–हरि पोखरेल र कविता–कमल खड्का रहेका छन् ।

स्व. इन्द्रप्रसादकी श्रीमती मनधराको १४ बर्ष अगाडि नै स्वर्गारोहण भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर