Aamsanchar

स्थापनामा छात्राबृत्ति बितरण

Author Image
आइतवार, असोज २, २०७३

बिर्तामोड ।

unnamed (1)
नेपाल आदिवासी जनजाती नेत्रहिन संघ जिल्ला कार्यसमिती झापाले आप्mनो छैटौ स्थापना दिवशको अवसर पारी छात्राबृत्ति बितरण गरेको छ । बिर्तामोड स्थित भेटघाट चौतारीमा आईतबार आयोजित कार्यक्रममा यस बर्ष दकम १ का दृष्टिबिहिन बिद्यार्थी अबिरल लिम्बु लाई छात्राबृत्ति बितरण गरिएको हो ।

लिम्बु उर्लाबारी बहुमुखी क्यामपसमा स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत छन् । २०६७ असोज २ गते स्थापना भएको संघले हाल सम्म आप्mनो अक्षयकोषमा ७८ हजार ८ सय ६२ रुपयाँ संकलन गरेको छ । सोही रकमको ब्याज बाट आएको रकम छात्राबृत्ति बितरण गरिएको हो । नेपाल आदिबासी जनजाती नेत्रहिन संघ जिल्ला कार्यसमिती अध्यक्ष भोजकुमार तामाङको सभातित्व तथा संघिय लिम्बुवान पार्टी नेपालका केन्द्रिय सचिब टेकबहादुर खजुमको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिती खजुमले नेत्रहिनहरुले शैक्षिक क्षेत्रमा प्राप्त गरेको सफलताको प्रसम्सा गरेका थिए । उनले दृष्टिबिहिनहरु लाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआए पनि देशको नागरिक हौ भन्ने पुष्टि शैक्षिक स्तरको बिकासले सम्भब रहेको बताए । संघमा जिल्ला भरीका आदिवासीजनजाती बर्गका ५० बढि सदस्य रहेका छन् । उक्त अक्षयकोषमा नेत्रहिनको शैक्षिक बिकासमा टेवा पुर्याउने उद्धेश्यले समाजसेबी इन्द्र निरौलाले नगद १ हजार रुपयाँ सहयोग गरेका छन् ।

सो कार्यक्रममा कोचिला ग्राभुर फन्ट झापाका अध्यक्ष खगेन राजबंशी, समाजसेबी इन्द्र निरौला, राजबंशी बिकास समिती जिल्ला अध्यक्ष पुकारचन्द्र राजबंशी, आदिवासी जनजाती महासंघ नगर समिती भद्रपुरका अध्यक्ष सन्तोसकुमार राजबंशी, आदिबासी जनजाती महासंघ जिल्ला समितीका निबर्तमान सचिब श्रीकृष्ण थेबे लगायतले शुभकामना मन्तब्य राखेका थिए । संघका उपाध्यक्ष नरेन्द्र मेनाङबोले स्वागत गरेको कार्यक्रमको संचालन संघका सचिब दिलकुमार राजबंशीले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर