Aamsanchar

बोक्सी मुद्दामा  फरार दुई  पक्राउ

Author Image
सोमवार, असोज ३, २०७३

सप्तरी।

सप्तरी प्रहरीले बोक्सीको आरोपको मुद्दामा फरार दुई अभियुक्तलाई आइतबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले हनुमाननगर–९ निवासी ४० वर्षीय प्रमोद मण्डल र सोही स्थान निवासी ४५ वर्षीय प्रमानन्द मण्डललाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत सप्तरीले बोक्सीको आरोप मुद्दामा प्रमोदलाई छ महिना कैद र प्रमानन्दलाई नौ महिना कैद तोकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर