Aamsanchar

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

Author Image
मङ्गलवार, असोज ४, २०७३

सोलः

died-man-57df8936c90b37.78628690

दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ। किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीमा कार्यरत तेह्रथुमका अन्दाजी ३४ वर्षीय दुधराम लिम्बुको सोमबार बिहान मृत्यु भएको हो। लिम्बु रोजगारीका लागि तीन महिना अघि मात्रै कोरिया आएका हुन्।

लिम्बुले राति सुतेका बेला असहज महसुस गरेर दाँत किट्न थालेपछि उनका साथीहरुले बिहान चार बजे अस्पताल पुर्याएका थिए। अस्पताल पुग्नु अघि नै लिम्बुको मृत्यु भएको जानकारी अस्पतालले गराएको थियो।

मृतक लिम्बुको शव थोंग्जिन थाक्ने सिक्चांगमा (शवगृह ) राखिएको खोटाङका उमेश बस्नेतले जानकारी दिए। घटनाबारे जानकारी प्राप्त भएको जानकारी दिँदै सोलस्थित श्रम सहचारी देवराज ढकालले सोमबार सरकारी विदा भएकोले मंगलबार पश्चात शव नेपाल पठाउने प्रक्रिया थालिने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर