Aamsanchar

आकाशे पानी पिएर बाँचेका परिवार

Author Image
मङ्गलवार, असोज ४, २०७३

धनकुटा ।

ghaito

धनकुटाको डाँडाबजार–१ ओख्रेका बासिन्दा आकासे पानी संकलन गरेर पिउन बाध्य भएका छन् ।

गाउँ वरिपरी पानीको मुहान नभएपछि त्यहाँका ३४ परिवार आकासे पानी संकलन गरी पिउन बाध्य भएका हुन् ।

आकासे पानी संकलनका लागि २०५७ सालमा निवा संघ नामक संस्थाले त्यहाँका २७ घरमा करिब २५ सय लिटर पानी अट्ने ट्यांकी निर्माण गरिदिएको थियो ।

बर्खाको समयमा गाउँनजिकै पानीको मूल फुट्ने गरे पनि सुख्खा समयमा स्थानीयले आकासे पानी संकलन गरेर ट्यांकीमा जम्मा गरी पिउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर