Aamsanchar

विराटनगरमा जितिया महोत्सव मनाइयो

Author Image
मङ्गलवार, असोज ४, २०७३

विराटनगर।

Jitiya-festival-parva-mithila-Nepal-India

जितिया पर्वको महत्वको सम्बन्धमा ‘अप्पन विराटगढ परोपकार समाजद्वारा’ आज विराटनगरमा जितिया महोत्सवको आयोजना गरियो ।

आउँदो बिहीबारदेखि विधिवत्रुपमा सुरु हुन गइरहेको यो पर्वमा आ–आफ्ना सन्तानको दीर्घायुका लागि जिमुतवाहन देउतासमक्ष कामना गर्छन् ।

उक्त कार्यक्रममा गीत–सङ्गीत, नाचका साथै प्रहसन र नाटकसमेत प्रदर्शन गरिएका थिए ।

अपप्न विराटगढ परोपकार समाजकी अध्यक्ष वसुन्धरा झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था, दुहवीकी केन्द्रीय अध्यक्ष भगवती चौधरी, सङ्घीय समाजवादी फोरम नेपाल, मोरङका अध्यक्ष राजकुमार यादव, पूर्वसांसद जयराम यादव र मैथिली सेवा समितिका उपाध्यक्ष फूलकुमार देवलगायतले जितिया पर्वको महत्वका साथै पर्वको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर