Aamsanchar

खोलाले बगाएर महिलाको मृत्यु, बाढीले सयौँ घर डुबानमा

Author Image
बिहिवार, असोज ६, २०७३

उर्लाबारी (मोरङ)।

images (1)

विराटनगर–१३ स्थित सिङ्गीया खोलाले बगाएर आज एक महिलाको मृत्यु भएको छ ।

नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी ४०÷४५ वर्षकी महिलालाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव परीक्षणका लागि कोसी अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, बक्राहा र डाँस खोलामा आएको बाढीले इटहरा र पथरी शनिश्चरेमा सयौँ घर डुबानमा परेका छन् भने तीनवटा घर बगाएको छ ।

डाँस खोलाको बाढीले पथरी शनिश्चरे–८ स्थित रुद्रबहादुर राई, खड्गबहादुर फागो र रामकुमार राईको घर बगाएको छ ।

बाढीले सो क्षेत्रका दर्जनौँ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

यस्तै इटहरा– ३ स्थित धरमभकारी भन्ने ठाउँबाट बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा सो क्षेत्रका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् भने सयौँ घर डुबानमा परेका छन् । बाढीका कारण इटहरा–३ को जनता मावि, रत्नडिक प्रावि र इटहरा–५ को बालविकास प्रावि पनि डुबानमा परेपछि पठनपाठन बन्द भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर