Aamsanchar

प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन

Author Image
बिहिवार, असोज ६, २०७३

काठमाडौँ,

Press-Center-Nepal-57e2a8e0039640.30596391

प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ३ को नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा बुधबार भएको एकता सम्मेलनले सुनिल खड्काको अध्यक्षतामा २६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

सेन्टरको वरिष्ठ उपाध्यक्षमा कृष्ण लेकाली, खुल्लामा नवराज ढकाल तथा समावेशीमा शान्ता अधिकारीलाई चयन गरेको छ भने सचिवमा टेनिस रोका चयन भएका छन् ।

नयाँ कार्यसमिति चयनसँगै बुधबार नै प्रदेश ३ को पहिलो बैठक बसेको छ । बैठकले सम्मेलन सम्पन्न गराउन सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन र प्रदेश ३ का निर्वतमान कार्यालय सदस्य बिनोद रायझामीको स्वास्थ्य लाभको कामना गरेको सचिव रोकाले जानकारी दिए ।

सम्मेलनको उद्घाटन सञ्चारमन्त्री राम कार्कीले गरेका थिए । उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चारमाध्यम जनतामाझ विश्वसनीय हुन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर