Aamsanchar

हत्याको विरोधमा कार्यालय बन्द

Author Image
बिहिवार, असोज ६, २०७३

भद्रपुर।

aandolan

शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ ।

कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई नगरपालिकाको चप्रामारीमा शव भेटिएको थियो ।

कर्मचारीहरुको असुरक्षा बढेको र हत्याराको पहिचान गरी कानुन बमोजिम कारबाही हुनुपर्ने माग गर्दै कार्यालयहरु बन्दको घोषणा गरेको सङ्घका सचिव डिल्लीराम नेपालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर