Aamsanchar

 एकताका लागि मेची–काली साइकल यात्रा

Author Image
सोमवार, असोज १०, २०७३

भीमदत्तनगर।

‘नेपाली विविधता शान्ति र एकता’ मूल नाराका साथ मेची–महाकाली यात्रा थालेका दाङका रेशम केसीले सोमबार पश्चिमी नाका गड्डा चौकी पुगेर यात्रा पूरा गरेका छन् ।

राष्ट्रिय एकता, सहमति सहकार्यलगायत विषयमा राष्ट्रिय राजनीतिमा बहस भइरहेका बेला १४ दिनको साइकल यात्रा गरेर केसीले एकताको यात्रा पूरा गरेको बताउनुभयो ।

लाइन्स क्लब अफ घोराही सिटीका उपाध्यक्षसमेत रहनुभएका केसीले गत भदौ २८ गते मेचीबाट साइकल यात्रा सुरु गरेका थिए । “आज महाकाली पुगेर यात्रा समापन गरेको छु ।” उहाँले भन्नुभयो – “यात्रामा देशभरका नेपालीले सबैको शान्ति र एकताको नारा हो भन्दै खुसी व्यक्त गरे ।”

उहाँले मेची र महाकाली नदीको पानी मिसाएर एकताको सन्देशस्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्ने जानकारीसमेत दिनुभयो । उहाँले आफू व्यक्तिगत खर्चमा पहिलोपटक यात्रामा निस्केको समेत बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर