Aamsanchar

ट्याक्टरको ठक्करबाट प्रहरी जवान घाइते

Author Image
मङ्गलवार, असोज ११, २०७३

झापा।

accident-700

पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको मेचीनगर नगरपालिका ११ पालियापुलमा सोमबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा एक प्रहरी जवान घाइते भएका छन्।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय काकडभिट्टामा कार्यरत प्रहरी जवान मानबहादुर मगर रहेका छन्। मगरलाई सोमबार साँझ साडे कार्यालयको कामको सिलसिलामा विर्तामोडतर्फ आउदै गर्दा काकरभिट्टाबाट धुलाबारी तर्फ जादै गरेको नम्बर खुल्न नसकेको ट्याक्टरले ठक्कर दिएको हो।

ठक्करबाट सामान्य घाइते प्रहरी जवानको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्याक्टरसहित चालक फरार रहेकाले प्रहरीबाट अनुसन्धान एवं खोजी कार्य भइहरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर