Aamsanchar

खसीको मासु ४०० रुपैया किलो

Author Image
मङ्गलवार, असोज ११, २०७३

बझाङ।

दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ ।

काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट मासिक रु १५ हजार आम्दानी गर्नुभएको छ । “घरमा कमाइ गर्ने कोही छैन छोराछोरी साना छन्, श्रीमान् पनि छैनन् । दसैँको समयमा काँक्रा बेचेको पैसाले लुगाफाटो किन्ने सोच छ,” उहाँले भन्नुभयो ।

काँक्रा बिक्री गरेर जय पृथ्वी नगरपालिका–७ को लाहुरे ओलीले रु २५ आम्दानी गर्नुभएको छ । उहाँले रु ६० देखि रु ८० मा प्रतिकिलो काँक्रा बिक्री गरिरहनुभएको छ । सोह्रश्राद्धको समय भएकाले अहिले बजारमा काँक्राको माग अत्यधिक छ । हिन्दू संस्कारअनुसार सोह्रश्राद्ध सुरु भएपछि पितृको पूजा गर्न काँक्रा राख्ने र काँक्राको तरकारी (राइतो) बनाई खाने चलन छ ।

सदरमुकाम चैनपुरमा दैनिक १० देखि १५ वटा खसी काट्दै आएको वीरबहादुर जाग्री अहिले दैनिक एउटा मात्र खसी काट्ने गरेको बताउनुहुन्छ । अहिले बजारमा खसीको मासुको मूल्य रु ५० ले घटेको छ । खसीको मासु रु ४०० मा बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर