Aamsanchar

हस्पिटल सानो, उपचार ठुलो

Author Image
मङ्गलवार, असोज ११, २०७३

बिर्तामोडको कन्काई हस्पिलमा मेरुदण्डको क्यान्सरको सफल सल्यक्रिया भएको दावी गरिएको छ । हस्पिटलले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी मेरुदण्डको सल्यक्रिया गरिएको जनाएको छ ।

इलाम चुलाचुलीकी ३२ बर्षिया बिष्णुमाया राईको मेरुदण्डको सल्यक्रिया गरिएको हो । हस्पिटलका मेडीकल डाइरेक्टर डाक्टर प्रेमबहादुर साही नेतृत्वको टोलीले ८ घण्टा लगाएर सल्यक्रिया गरिएको थियो ।

बिभिन्न अस्पतालमा उपचार गराएपनि राईको रोग पत्ता लागेको थिएन ।

1

२ महिनादेखि ढाड दुख्ने समस्याले थलिएकी उनलाई २ हप्ता अघि कन्काई हस्पिटलमा भर्ना गरिएको थियो । त्यसको केहीदिन पछि डा. साहीले अप्रेशन गरेका थिए । ‘मेरुदण्डको क्यान्सर दुर्लभ रोग हो, डा. साहीले भने ‘ हाम्रो टिमको अथक मेहनतबाट बिरामीलाई नयाँ जीवन दिन सकेका छौं ।’

2

बिरामी राइलाई एकदुई दिनपछि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । अस्पतालले बिरामीको आर्थिक अवस्थालाई मध्येनजर गरी परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग समेत गरेको छ । त्यस्तै फार्मेसी सञ्चालक जीवनकुमार खड्काले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।3

 

सहयोग रकम बिरामीका परिवारलाई पत्रकार भेटघाटमै हस्तान्तरण गरियो। अस्पतालले हालसम्म ३५ हजार बिरामीको सफल उपचार गरेको जनाएको छ । मेरुदण्डको मात्र १८ वटा सल्यक्रिया सफल भएको डाक्टर साहीले बताए । अस्पतालका अध्यक्ष खेमराज बानियाँले स्वास्थ्य सेवाका लागि आफुहरु हरदम तयार रहेको बताए । फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर