Aamsanchar

असोज २० गते पचली भैरवको खटजात्रा

Author Image
बुधवार, असोज १२, २०७३

pachali vairavकाठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको टेकुस्थित पचली भैरवको मूर्तिलाई यसपटक खटजात्रा गरिने भएको छ ।

घ्याम्पो आकारको सो मूर्तिलाई काँधमा राखेर जात्रा गरिँदै आएकामा यसपटकदेखि खटमा मूर्तिलाई सजाएर जात्रा निकाल्न लागिएको हो । यही असोज २० गते पञ्चमीका दिन भैरव जात्रा गरिनेछ । दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभ कार्य तथा बलप्रयोग गरिने कार्यलाई पूरा गर्न पचली भैरवको विशेष पूजा गर्ने गरिन्छ ।

त्यहाँको मूर्ति चर्किएको र पुरानो भएर बिग्रिएपछि त्यसलाई फेर्न परिवर्तनका लागि ललितपुरको प्रयागपोखरीबाट नयाँ मूर्ति निर्माण गरी ल्याइएको छ । उपयुक्त तिथि निर्धारण गरेपछि विधिविधानपूर्वक मूर्तिलाई स्थापना गरिने जात्राका संयोजक एवम् संस्कृतिविद् भरत मालीले जानकारी दिनुभयो ।

उक्त मूर्ति निर्माणका लागि पूर्वराजा ज्ञानेन्द्र शाहबाट आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । यसपटक जात्रामा सहभागिताका लागि शाहलाई निमन्त्रणासमेत गरिएको छ । मुलुकमा राजसंस्थाको अस्तित्व कायम रहेको समयमा राजाले पचली भैरवसँग खड्ग साट्ने परम्परासमेत थियो ।

लामो समयदेखि मन्दिरमा संरक्षण हुन नसकेका कारण मन्दिरको अस्तित्व ओझेलमा परेको छ । गत वर्षको भूकम्पका कारण मन्दिरमा क्षति पुगेको थियो । त्यसको सामान्य मर्मत पनि हुन सकेको छैन । सो मन्दिरबाट नजिकैको दूरीमा पचली भैरवको मन्दिर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर