Aamsanchar

बीपी राजमार्ग बन्द, यात्रु अलपत्र

Author Image
बुधवार, असोज १२, २०७३

सिन्धुली ।

banepa-sindhuli-bardibas5

यातयात व्यवसायीले बुधबार बिहान ९ः३० बजेदेखि बीपी राजमार्ग बन्द गराएका छन् ।

मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी–साधन तेस्र्याएर बन्द गरेका हुन् ।

सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरेपनि मंगलबार धादिङमा भएको घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि आफूहरुले बन्द गर्नुपरेको यातायात व्यवसायीले बताएका हुन् ।

सरकार आफैंले गरेको निर्णय कार्यान्वयन गराउनुको साटो उल्टै व्यवसायीलाई धरासायी बनाउन खोजेको बीपी यातायात सेवा समितिमा आबद्ध व्यवसायी पुरुषोत्तम शर्माले बताए ।

सरकारले तत्काल अस्थायी मार्ग इजाजत नदिएसम्म राजमार्ग बन्द गराउने उनको भनाइ थियो ।

सिन्धुलीका बीपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायातलगायतका जिल्लाका झन्डै एकदर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बीपी राजमार्ग अवरुद्ध गरेका हुन् ।

यसैबीच, जिल्ला सशस्त्र प्रहरी बल बेस क्याम्प सिन्धुलीका प्रहरी नायब उपरीक्षक यदुविक्रम कार्कीले राजमार्ग कुनैपनि हालतमा बन्द गर्न नपाइने बताए ।

यातायात व्यवसायीले बीपी राजमार्गको विभिन्न स्थानमा बस तेस्र्याएर गरेको बन्दले सिन्धुली हुँदै उदयपुर, झापा, मोरङ, हिलेबाट राजधानी हिँडेका दजनौं यातायात सिन्धुलीमा रोकिएका छन् भने काठमाडौंबाट सिन्धुली हुँदै घर हिँडेका यात्रुपनि अलपत्रमा परेका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर