Aamsanchar

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु श्रीमान् घाइते

Author Image
शुक्रवार, वैशाख २५, २०८३

प्रतिकात्मक तस्बिर

मध्यविन्दु- नवलपुरको गैँडाकोट नगरपालिका–९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते हुनुभएको छ ।

नारायणगढबाट भेडाबारीतर्फ आउँदै गरेको ना.७ ख. ८६२१ नम्बरको टिप्परले सोही दिशातर्फ आइरहेको लु। ४१ प। ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पंडितले दिनुभएको जानकारी अनुसार मोटरसाइकलको पछाडि सवार देवचुली नगरपालिका–१० निवासी ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मृतकका श्रीमान् ४० वर्षीय राजबहादुर थापा घाइते हुनुभएको छ । उहाँकोे दुवै हात, खुट्टा र अनुहारमा चोट लागेको छ ।

मृतक थापाको टाउकोमा गम्भिर चोट लागेको थियो । उपचारका क्रममा उहाँको नयाँ मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको सूचना अधिकारी पंडितले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न टिप्पर र चालक भरतपुर महानगरपालिका–१८, शशीनगर निवासी ३२ वर्षीय सुनिल महतोेलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 1

प्रतिक्रिया (०)

सम्बन्धित खबर