काठमाडौँ ।
दसैँ सुरु हुन केही दिन बाँकी रहँदा घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ७० देखि ८० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका छन् ।
महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले मङ्गलबार मात्र ७२ हजार २१४ जना बाहिरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अरु समयमा ६० देखि ६५ हजारको हाराहारीमा बाहिरिने गरेकामा केही दिनदेखि बढेको छ ।”
घर जाने यात्रु नठगिउन् भन्ने उद्देश्यले यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाको टोली दिनहुँ अनुगमनमा जाने गरेको मल्लले बताउनुभयो । महाशाखाले यात्रुलाई सहज गन्तव्यस्थलसम्म पु¥याउनका लागि यातायात व्यवसायीसँग आग्रह गरेको छ ।
महाशाखाले यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १२ स्थानमा नागरिक सहायता कक्षसमेत सञ्चालन गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 127