Aamsanchar

घरपालुवा कुकुरलाई रेबिजविरुद्ध खोप

Author Image
शनिवार, असोज १५, २०७३

जुम्ला ।

dog_bite_1_214226446

जिल्ला पशुसेवा कार्यालयले यहाँका २०७ घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ ।

जिल्लाका पाँच सय सिंजा क्षेत्रका पाल्तु कुकुरमा रेबिजको शङ्कास्पद लक्षण देखिएपछि कार्यालयले तत्काल ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन सूचना प्रवाह गरेको थियो । सोही अनुसार २०७ कुकुरपालकले कुकरलाई खोप लगाएको कार्यालयका सूचना अधिकारी गोविन्दबहादुर महतले जानकारी दिनुभयो । “हामीसँग पाँच सय एन्टी रेबिज भ्याक्सिन थियो, निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेका थियौँ तर पनि भने अनुसार सेवा लिन नआउँदा २९३ सुई बाँकी नै रह्यो,” महतले भन्नुभयो ।

घरेलु कुकुरमा लाग्ने रेबिजका कारण भोलिका दिनमा समस्या नआओस् भन्ने सावधानी अपनाएर खोप लगाइएको उहाँको भनाइ छ । उहाँका अनुसार २६ गाविसमध्ये ११ गाविसका बासिन्दाले कुकुरलाई रेबिजविरुद्धको खोप लगाएका थिए ।
वर्षको एक पटक कुकुरलाई रेबिजविरुद्धको सुई लगाउनुपर्ने वार्षिक कार्यक्रम र आवश्यकतानुसार अन्य बेलामा लगाइने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर