Aamsanchar

बीच सडकमा शव राखेर राजमार्ग बन्द

Author Image
आइतवार, असोज १६, २०७३

बैतडी ।

गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ ।

ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले किचेर ज्यान गएको हो । गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन् ।

शव बीच सडकमा राखेर उनीहरुले राजमार्ग बन्द गरेका छन् ।
राजमार्ग बन्द हुँदा शनिबार साँझदेखि दर्जनौँ गाडी र यात्रुबीच बाटोमै अलपत्र परेको घटनास्थलबाट एक यात्रु सुरेन्द्र भाटले राससलाई जानकारी दिनुभयो । राजमार्ग खुलाउन अहिले प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा नेतृत्वको एक टोली घटनास्थल गइरहेको छ । रा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर