Aamsanchar

चालीस लाख बराबरका सामान वितरण

Author Image
सोमवार, असोज १७, २०७३

पथरी (मोरङ) ।

money-1-660x330

कार्निट नेपाल नामक संस्थाले मोरङको भाथिगछ गाविसअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीलाई आइतबार रु ४० लाख बराबरका सामान वितरण गरेको छ ।

संस्थाका पूर्वाञ्चल संयोजक मोहन लिम्बूका अनुसार सो गाविसका विद्यालयका दुई हजार विद्यार्थीलाई प्रत्येक विद्यार्थीलाई रु दुई हजार मूल्य बराबरका झोला, जुत्ता, चप्पल, लुगा, खेलौँना, कलर बक्सलगायतका सामान वितरण गरेको संस्थाका पूर्वाञ्चल संयोजक लिम्बूले जानकारी गराउनुभयो ।

काली निमावि बेरिया, हरिनगरा प्रावि, सुन्थाल प्रावि, आर्दश निमावि भाथिगछका विद्यार्थीलाई रु ४० लाख मूल्य बराबरका सामान वितरण गरेको हो ।

सो अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य नवराज पाण्डेले कार्निट नेपालले उपलब्ध गराएका सामानप्रति धन्यवाद प्रकट गर्दै यसबाट विद्यार्थीको मनोबल उच्च भएको बताउनुभयो ।

संस्थाले मोरङ जिल्लाका अन्य सामुदायिक विद्यालयमा पनि शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ । गरिब, जेहन्दार तथा अति विपन्न विद्यार्थीले शैक्षिक सामग्री पाएपछि अभिभावक पनि खुसी भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर