Aamsanchar

कोशी राजमार्गमा ५८ वटा बस चल्ने

Author Image
सोमवार, असोज १७, २०७३

धनकुटा।

bus

दशैं–तिहारमा सवारी साधनमा यात्रुको चाप बढ्ने भएपछि कोशी पहाडी क्षेत्रमा एक दर्जन बढी ठूला बस थपिएको छ ।

कोशी राजमार्गअन्तर्गत धरानबाट धनकुटा हुँदै तेह्रथुम, भोजपुर तथा संखुवासभाका लागि गुड्ने सवारी साधन थप गरिएको हो ।

दैनिक ४४ वटा बस सञ्चालन हुंदै आएको सो क्षेत्रमा हाल ५८ वटा बस सञ्चालनमा ल्याईएको छ ।

सोही रुटमा दैनिक तीन दर्जनभन्दा बढी माईक्रो बस र दुई दर्जनको हाराहारीमा ट्याक्सी तथा एक दर्जनको हाराहारीमा टाटा सुमो समेत सञ्चालन गरिँदै आएको छ ।

दशै तथा तिहारमा तराईका जिल्ला र काठमाडौबाट पहाडी क्षेत्रमा आबतजाबत गर्नेको संख्या बढ्ने भएकाले सुरक्षित यात्राका लागि सबारी साधन थप गरिएको धनकुटा यातायात ब्यवसायी संघका उपाध्याक्ष ज्ञानबहादुर कट्वालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर