Aamsanchar

महिलाका लुगासहित भारतीय पक्राउ

Author Image
मङ्गलवार, असोज १८, २०७३

गुलरिया (बर्दिया) ।

अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएको झन्डै रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान सहित एक भारतीय पक्राउ परेका छन् ।

बर्दिया कालिका–७ रिमझिमचौकबाट भन्सार छली ल्याएका लत्ताकपडा सहित भारत बहराइज मोतीपुर ठाना आचकवा ग्राम बस्ने २७ वर्षीय राजु थारु पक्राउ परेका हुन् । उनका साथबाट भन्सार छली ल्याइरहेको एक सय १२ थान महिलाका लुगा सहित अन्दाजी रु एक लाख १२ हजार मूल्य बराबरका सामान बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर